FAQs Complain Problems

ग्यालरी

नवरात्रको सातौ दिन, फुलपातिको अवसरमा केपिलासगढी गाउँपालिकामा अध्यक्ष श्री समिर राई ज्यूको उपस्थितिमा गाउँपालिका उप-प्रमुख गुरुराज राईज्यू लगायत राजनितीज्ञ , समाजसेवी ,रास्ट्रसेवक कर्मचारी ,बुद्दिजिवीहरुको उपस्थितिमा रास्ट्रिय झण्डाको पुजा सम्पन्न गरिएको छ ।

दुर्गामाताले तपाईं हामी सबैको रक्षा गरुन ।

मिति: 11/07/2022 - 10:55
, , , , , ,

मिति २०७९/०६/०३ गते संविधान दिवसको अवसरमा केपिलासगढी गाउँपालिकाले विभिन्न कार्यक्रमहरु गर्दै संविधान दिवस भव्यताका साथ मनाएको छ।

कार्यक्रमहरु:

१. विहानको समयमा अफिस परिसर तथा बजार सरसफाई कार्यक्रम।

२. दिउसोको समयमा अफिस ब्याडमिन्टन कभर्ड हाल उद्घाटन तथा खुल्ला डबल ब्याडमिन्टन प्रतियोगिता संचालन।

३. साँझ कार्यालय परिसर तथा विभिन्न धार्मिक स्थलहरुमा दिप प्रज्वलन।

मिति: 09/25/2022 - 19:03
, , , , , , , , , , , ,

मिति २०७९/०५/२४ गते ५६ औं अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा केपिलासगढी गाउँपालिकाको आयोजनामा केपिलासगढी गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरुबाट माध्यमिक शिक्षा परिक्षा (SEE) मा सर्बोत्कृस्ट अंक ल्याउने छात्र-छात्रालाई पुरस्कार वितरण साथै बिबिध प्रतियोगितात्मक तथा रचनात्मक कार्यक्रम सम्पन्न भएको छ।पृथ्वी मा.वि. बाक्सिलाको प्राङ्गणमा सम्पन्न उक्त कार्यक्रम गाउँपालिका अध्यक्ष श्री समिर राई ज्यूको अध्यक्षतामा सम्पन्न भएको थियो ।

मिति: 09/11/2022 - 17:04
, , , , , , ,

मिति २०७९/०३/२२ गतेका दिन आ.ब. २०७८/०७९ मा संघिय सरकारको शसर्त अनुदान र यस केपिलासगढी गाउँपालिकाको आयोजनामा सन्चालित गरिवी निवारणका लागि लघु उधम बिकास कार्यक्रम (मेड्पा) तर्फको प्रबिधिक सीप बिकास तालिम अन्तर्गत ३ महिने सिलाईकटाई सम्बन्धी सिप बिकास तालिम समापन र उपयुक्त प्रबिधी हस्तान्तरण कार्यक्रम केपिलासगढी गाउँपालिका वडा नम्बर ०१ फेदिका वडा अध्यक्ष श्री निरकुमार राई ज्युको अध्यक्षतामा साथै गाउँपालिका अध्यक्ष श्री समीर राई ज्युको प्रमुख अतिथ्यतामा केपिलासगढी गाउँपालिका वडा न. १ को कार्यलयमा सम्पन्न भएको छ।

मिति: 07/07/2022 - 14:25
, , , , ,

आज मिति २०७९/०३/१२ गते बिगत लामो समयदेखी (२०७५/०९/१९- २०७८/१२/११) सम्म केपिलासगढी गाउँपालिकाको सेवामा समर्पित हुनुभएका कर्तव्यनिष्ठ, इमानदार, अनुशासित अनि बहुप्रतिभाशाली कर्मचारी श्री सन्जय राई ज्यूको विदाई कार्यक्रम सम्पन्न भएको छ।

सोही अवसरमा उहाँको कार्यक्षमताको उच्च मुल्यांकन गर्दै गाउँपालिका अध्यक्ष श्री समिर राई ज्यूद्वारा प्रशंसा-पत्र र गाउँपालिकाका प्र.प्र.अ श्री अजम्बर राई ज्यूद्वारा मायाको चिनो प्रदान गर्नुभएको छ।

केपिलासगढी गाउँपालिका परिवार तपाइँको उत्तरोत्तर प्रगतिको कामना गर्दछ।

मिति: 06/26/2022 - 18:49
, , , , , , ,

 मिति २०७९/०३/११ गते गाउँपालिकाले एघारौं गाउँसभामा पास गरेको नीति तथा कार्यक्रम,आर्थिक ऐन, विनियोजन ऐन तथा आ.व. २०७९/८० को वार्षिक बजेटको सार्वजनिकीकरण कार्यक्रम सम्पन्न भएको छ।

सोही अवसरमा गाउँपालिकाले विभिन्न क्षेत्रहरु सशक्तीकरण, कृषि, शिक्षा, खानेपानी, भौतिक निर्माण लगायतको क्षेत्रमा सहयोग गरे बापत जि फाउन्डेसन र सिर्जनशील भरिया समाजलाई सम्मान पत्र पदान गरेको छ।

हाल फेदि, दिप्सुङ र सुङ्देललाई कार्यक्षेत्र बनाएर काम गरिरहेको उक्त संस्थाहरुले अब ७ वटै वडाहरुमा कार्यक्रम पुर्याउने लक्ष्य राखेको छ।

मिति: 06/26/2022 - 18:45
, , , , , ,

मिति २०७९/०३/१० गते केपिलासगढी गाउँपालिकाको एघारौं गाउँसभा गाउँपालिका अध्यक्ष श्री समिर राई ज्यूको अध्यक्षतामा सुसम्पन्न भएको छ l

गाउँसभामा प्रस्तुत वार्षिक नीति तथा कार्यक्रम, आर्थिक विधयेक, विनियोजन विधयेक र आ.व. २०७९/०८० को वार्षिक बजेट आज बसेको गाउँसभाले सर्वसम्मत रुपमा पारित गरेको छ l

प्राप्त बजेट:

संघीय वित्तीय समानीकरण : 8,61,00,000.00

संघीय राजश्व बाँडफाँड : 8,02,14,000.00

प्रदेश वित्तीय समानीकरण : 45,65,000.00

प्रदेश सवारी साधन कर बाँडफाँड : 36,23,500.00

आन्तरिक श्रोत (अनुमानित) : 50,00,000.00

कुल जम्मा: 17,95,02,500.00

मिति: 06/26/2022 - 18:42
, , , , ,

मिति २०७९/०३/०३ गते प्रदेश न. का सामजिक विकास मन्त्री माननीय राजन राई ज्यू र केपिलासगढी गाउँपालिकाका अध्यक्ष समिर राई ज्यू प्रदेश सरकारको लगानीमा बनेको तापखोला रांटी मोटरेबल पुलको अनुगमन गर्दै ।

केपिलासगढी गाउँपालिका वार्ड न. ३ (बास्पानी) र दि.रु.म.न.पा ११ (खार्मी ) जोड्ने उक्त पुल यी दुई स्थानिय तह को विकासको लागि कोशेढुङ्गा साबित हुनेछ भन्ने अपेक्षा गाउँपालिकाले गरेको छ।

पुल नहुदा बार्खा याममा अवतजावत गर्न र स्थानीय उत्पादनलाई बजार पाउन असहज भइरहेको स्थितिमा उक्त पुलको निर्माणले गर्दा सदरमुकाम सम्म आवतजावत गर्न र स्थानीय उत्पादनलाई बजार सम्म लान सहज भएको छ।

मिति: 06/19/2022 - 10:40
,

आज मिति २०७९/०३/२ गतेको दिन केपिलासगढी गाउँपालिका स्तरीय प्रधानाध्यपकहरुको वैठक गाउँपालिका अध्यक्ष श्री समिर राईको अध्यक्षतामा सम्पन्न भयो । गाउँपालिका भित्रको ३७ वटा सामुदायिक विद्यालयहरुको प्रधानाध्यापकहरुको उपस्थितिमा सम्पन्न बैठकमा विद्यालयहरुकोवर्तमान अवस्था र भावी अपेक्षाको बारेमा रिपोर्टिङ भयो । गाउँपालिका भरिको विद्यालयहरुमा शैक्षिक कार्यक्रममा एकरुपता कायम गर्न गराउने, हिउँदे र वर्षे विदा तथाआधारभूत तह कक्षा ८ को ग्रेडवृद्वि परिक्षा संचालन सम्वन्धमा आवश्यक छलफल र निर्णयहरु भयो ।

मिति: 06/16/2022 - 18:46
, , , , ,

मिति २०७९/०२/३१ गते केपिलासगढी गाउँपालिका वार्ड न. ४ मा रहेको श्री पृथ्वी मा.वि बाक्सिलाको GWT (Gorkha Welfare Trust) द्वारा नवनिर्मित १८ कोठे पक्कि भवन हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा केपिलासगढी गाउँपलिकाका अध्यक्ष समिर राई ज्यू तथा बिशेष अतिथिका रुपमा गाउँपालिका उप-प्रमुख गुरुराज राई ज्यू रहनुभएको थियो ।

पृथ्वी मा वि को भौतिक निर्माणमा इतिहास रच्नको लागि यति ठूलो योजना पार्न अथाह प्रयास गर्नुहुने सम्बन्धित स्थानीय बासी,(रावाखोला सेरोफेरो UK) बासी,डोनर्सहरु र GWT सबै सबैलाई केपिलासगढी गाउँपालिका हार्दिक आभार प्रकट गर्दछ ।

मिति: 06/16/2022 - 17:14
, , , , , , ,

Pages