अपडेट :
मिति २०७९/०२/३१ गते केपिलासगढी गाउँपालिका वार्ड न. ४ मा रहेको श्री पृथ्वी मा.वि बाक्सिलाको GWT (Gorkha Welfare Trust) द्वारा नवनिर्मित १८ कोठे पक्कि भवन हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।
मिति २०७९/०२/३१ गते केपिलासगढी गाउँपालिका वार्ड न. ४ मा रहेको श्री पृथ्वी मा.वि बाक्सिलाको GWT (Gorkha Welfare Trust) द्वारा नवनिर्मित १८ कोठे पक्कि भवन हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा केपिलासगढी गाउँपलिकाका अध्यक्ष समिर राई ज्यू तथा बिशेष अतिथिका रुपमा गाउँपालिका उप-प्रमुख गुरुराज राई ज्यू रहनुभएको थियो ।
पृथ्वी मा वि को भौतिक निर्माणमा इतिहास रच्नको लागि यति ठूलो योजना पार्न अथाह प्रयास गर्नुहुने सम्बन्धित स्थानीय बासी,(रावाखोला सेरोफेरो UK) बासी,डोनर्सहरु र GWT सबै सबैलाई केपिलासगढी गाउँपालिका हार्दिक आभार प्रकट गर्दछ ।
कमजोर अनि जिर्ण भवनले गर्दा बर्खा याममा पठनपाठन गर्न असहज भइरहेको स्थितिमा नवनिर्मित पक्की भवनले पठनपाठनमा सहजता हुने तथा विद्यार्थीहरुमा पनि पढ्ने मनोबल बढाउने अपेक्षा गाउँपालिकाले गरेको छ।
सो कार्यक्रमको अवसरमा गाउँपालिका अध्यक्ष समीर राई ज्यूद्वारा आकर्षक एबम सुबिधा सम्पन्न भवन बनाउनमा आफ्नो आफ्नो ठाउँबाट बिशेष भुमिका निर्वाह गर्नुहुने GWT (Gorkha Welfare Trust) लगायत सम्पुर्ण सहयोगी हातहरुलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।
खर्च विवरण:
- पहिलो चरणको GWTको तर्फबाट भएको खर्च रु.१,८८,१३८४४/३१
- समुदायको जनसहभागिता ( केपिलासगढी गा.पा.) रु.१८,३१,४१६
- दोस्रो चरण GWT को तर्फबाट भएको खर्च रु.१,४८,८५,०३७
- जनसहभागिता ( केपिलासगढी गा. पा.) रु .१५,००,०००
-> जम्मा खर्च रु.३,७०,३०,२९०/३१